पेट रोगदेखि रक्तचापसम्मका राेगीलाई किवी रामवाण-Sutra News

पेट रोगदेखि रक्तचापसम्मका राेगीलाई किवी रामवाण

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

किवी एक यस्तो फल हो जसले धेरै चाँडो पचाउँछ र धेरै रोगबाट मुक्ति दिन्छ। किवीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यो फल अलि महँगो पक्कै छ तर, यसको गुण हेर्दा यसको महँगोपन निकै कम देखिन्छ ।



जानौँ कुन–कुन रोगमा किवी खानु निकै फाइदाजनक हुन्छ ?

कब्जियतबाट छुटकारा

कब्जियतका बिरामीका लागि पनि किवीको सेवन रामवाण औषधी हो । कब्जियतको समस्या भएका व्यक्तिले किवी खानुपर्छ । साथै, पेट इन्फेक्सनको समस्या भएका व्यक्तिले पनि किवीको सेवनले यस समस्याबाट छुटकारा पाउँछन् ।

रक्तचाप सन्तुलन

किवीमा हुने औषधिय गुणले हाम्रो रक्तचाप सन्तुलनमा राख्न निकै महत्वपूर्ण भूमिका खेल्दछ ।

याे मुटु राेगीका लागि निकै फाइदाजनक छ । किवीले हाम्रो धमनीमा रहेको फोहोर रगत सफा गर्न भूमिका खेलेकाे तथ्य भेटिएकाे छ । किवीको सेवनले हृदयाघात जस्ता रोगहरु धेरै कम हुन्छ ।

हाडजोर्नीकाे समस्या

हाडजोर्नीमा समस्या भएका व्यक्तिले पनि किवी खानुपर्छ । किनकी यसले हाम्रो जोर्नी दुखाईबाट राहत मिल्छ र हाम्रो जोर्नी निको हुन थाल्छ । साथै, किवीको सेवनले हाम्रो आँखाको ज्योति पनि बढाउँछ ।

कोलेस्ट्रोल घटाउने

किवीले हाम्रो शरीरमा खराब कोलेस्ट्रोल कम गर्छ । त्यसैले हामी सबैले किवीको सेवन गर्नुपर्छ । किवी सानो फल हो तर यसको गुण धेरै ठूलो छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट