तिहारपछिकाे शेयर बजार : कारोबार रकम बढ्यो तर, बढेन बजार-Sutra News

तिहारपछिकाे शेयर बजार : कारोबार रकम बढ्यो तर, बढेन बजार

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडौं । तिहार तथा छठ बिदापछिको पहिलो कारोबार दिन सोमबार शेयर बजार १.३९ अंकले बढेको छ । २० अंकको उतारचढावपछि बजार झिनो अंकले उक्लिएको हो । तथापी, बजारमा कारोबार रकम भने महिना यताकै उच्च भएको छ ।



सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अब नौ करोड ९३ लाख रुपैयाँको भयो । जुन तहमा कात्तिक महिनाभर कारोबार भएको थिएन ।

झिनो अंकले बढेको भएपनि सोमबार नेप्सेको १३ उपसमूहमध्ये नौ उपसमूहमा हरियाली देखियो भने कारोबारमा आएका २३८ कम्पनीमध्ये ११९ कम्पनीको मूल्य बढ्यो । ११३ कम्पनीको मूल्य घट्दा छ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्दा सोमबार तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेबलमा घट्यो । फरवार्ड माइक्रो फाइनान्स, सयपत्री हाइड्रो, माथिल्लो मैलुङ्ग खोलाको मूल्य १० प्रतिशतले घट्यो भने ग्लोबल आइएमई लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत हाराहारीले बढ्यो ।

सोमबार हिमालयन डिष्ट्रिलरीको किन्नेभन्दा बेच्ने बढी देखिए । जसको कारण कारोबार रकममा उच्च रहेको कम्पनीको मूल्य ७ प्रतिशतभन्दा बढीले घट्यो । यसअघि जस्तै सोमबार पनि सोल्टी होटल र सोना मिनरल कारोबार रकममा उच्च रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट