दिपक मनाङ्गे अब फिल्म क्षेत्रतिर, सस्पेन्स–थ्रीलर फिल्म ‘कंगारु’ निर्माणकाे घाेषणा-Sutra News

दिपक मनाङ्गे अब फिल्म क्षेत्रतिर, सस्पेन्स–थ्रीलर फिल्म ‘कंगारु’ निर्माणकाे घाेषणा

मंगलबार, ५ मंसिर २०८०

मंगलबार, ५ मंसिर २०८०

काठमाडाैं । राजनीतिपछि राजिभ गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म क्षेत्रतिर पनि प्रवेश गरेका छन् । उनकाे प्रस्तुतीमा सस्पेन्स–थ्रीलर फिल्म ‘कंगारु’ बन्ने भएकाे छ ।



निर्माणकाे घाेषणा गरिएकाे फिल्म ‘कंगारु’मा सम्राट बस्नेतले निर्देशन गर्ने जनाइएकाे छ । फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता रहेकोयो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स(यूके)ले पनि सहकार्य गरेको छ ।

फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकन फागुणदेखि सुरु हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट