कुमारी बैंकको ‘गज्जबको बचत खाता’मा उच्च ब्याजसहित स्वास्थ्य बीमा-Sutra News

कुमारी बैंकको ‘गज्जबको बचत खाता’मा उच्च ब्याजसहित स्वास्थ्य बीमा

बुधबार, ६ मंसिर २०८०

बुधबार, ६ मंसिर २०८०

काठमाडाैं । ​​​कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम् मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै रु २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा लिन सकिने बैंकले जनाएको छ ।



यसका साथै बैंकले निःशुल्क क्रेडिट तथा डेबिट कार्डसमेत उपलब्ध गराउने छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले रु २०,०००।– सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जीवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरूलाई एउटै योजनामा आबद्ध गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ ।

न्यूनतम् मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराएको ‘गज्जबको बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट