निरन्तर उकालोमा सुनको मूल्य, तिहारपछि मात्रै ३३ सयले वृद्धि-Sutra News

निरन्तर उकालोमा सुनको मूल्य, तिहारपछि मात्रै ३३ सयले वृद्धि

बुधबार, ६ मंसिर २०८०

बुधबार, ६ मंसिर २०८०

काठमाडौं । सुनको मूल्य निरन्तर उकालोमा छ । तिहारपछिका कारोबार दिनहरुमा मूल्य निरन्तर बढिरहेको छ ।



तिहारअघि कात्तिक २७ मा प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य मंसिर ६ मा आउँदा प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो छ कारोबार दिनको बीच मात्रै सुनको मूल्यमा तीन हजार तीन सय रुपैयाँले बृद्धि भएको छ ।

महासंघका अनुसार दैनिक औसतमा पाँच सयभन्दा बढी रुपैयाँले सुनको मूल्यमा वृद्धि भइरहेको छ ।

यसअघि दसैंअघि घटेको सुनको मूल्य दसैँ सकिँदै गर्दा बढ्न थालेको थियो ।

कोगाग्रत पूर्णिंमाको दिन मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । कात्तिक ११ मा प्रतितोला एक लाख १७ हजार पुगेको सुनको मूल्य त्यसयता निरन्तर ओरालोमा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट