बढ्यो शेयर बजार : होटल र पर्यटन क्षेत्रमा केही उत्साह-Sutra News

बढ्यो शेयर बजार : होटल र पर्यटन क्षेत्रमा केही उत्साह

बुधबार, ६ मंसिर २०८०

बुधबार, ६ मंसिर २०८०

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । २०.६७ अंकले बढ्दै बजार १८५०.३३ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार १.१३ प्रतिशतले बृद्धि भएको छ ।



बढेको बजारमा कारोबार रकम पनि बढेको छ । बुधबार ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको भयो ।

कारोबारको हिसाबले बुधबार सोनापुर मिनरल सबैभन्दा अगाडि रह्यो । बुधबार सोनापुरको तीन लाख ९२ हजार ७०३ कित्ता किनबेच हुँदा कारोबार रकम १० करोड रुपैयाँ माथि रह्यो । उच्च कारोबार भएको सोनापुरको ८.६४ प्रतिशतले मूल्य बढेको छ ।

बुधबार बुद्ध भूमी नेपाल हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट लाग्दा थप चार कम्पनी पञ्चकन्या हाइड्रो, माथिल्लो मैलुङ्ग हाइड्रो, थ्रि स्टार हाइड्रो र पिपुल्स हाइड्रोको मूल्य नौ प्रतिशतभन्दा बढीले बढ्यो ।

समग्रमा कारोबारमा आएका २३८ कम्पनीमध्ये १९५ कम्पनीको मूल्य बढ्यो भने ४० कम्पनीको मूल्य घट्यो । तीन कम्पनीको मूल्य भने घटघढ भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट