फेरि घट्यो सुनको मूल्य-Sutra News

फेरि घट्यो सुनको मूल्य

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य केही सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा दुई सय रुपैयाँले सस्तिएको छ ।



महासंघले जनाएअनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ छ भने तेजावी सुन प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँ छ ।

यद्यपि सुनको मूल्य केही दिनदेखि नै महँगिन थालेको थियो ।

शुक्रबार सुनको मूल्य केही सयले घट्दा चाँदीको मूल्य भने केही बढेको छ । बिहीबार तुलनामा तोलामा ५ रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार चार सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

माग र पूर्तिको ग्राफ र अन्तराष्ट्रिय बजारमा मूल्यमा हुने घटबढले आन्तरिक बजारमा मूल्य निर्धारण गर्ने महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट