यी पाँच संकेत जसले बताउँछ तपाइँकाे मृगाैलाकाे समस्या-Sutra News

यी पाँच संकेत जसले बताउँछ तपाइँकाे मृगाैलाकाे समस्या

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०

आजकल मृगाैला रोग तिब्र गतिमा फैलिरहेको छ । यस राेगबाट ग्रस्त हुने र मृत्यु हुनेकाे संख्या विश्वभर बढ्दाे छ ।



धेरैजसो मानिसहरु मृगौला बिग्रिएको प्रारम्भिक लक्षण चिन्न सक्दैनन् । जसकाे कारण गम्भीर अवस्थामा मात्रै उपचारकाे खाेजी गर्न पुग्छन् ।

बुझ्नुपर्ने विषय, मृगौला खराब हुनुअघि नै यसले शरीरलाई धेरै संकेत दिन्छ। शरीरमा यस्ता लक्षण देखिँदा तत्कालै उपचारकाे खाेजी गर्न सकिएमा स्वस्थ पनि हुन सकिन्छ । थाहा पाउनुहाेस् प्रारम्भिक लक्षण कस्ता हुन्छन् ?

थकावट

मृगाैला अस्वस्थ हुँदा रगतमा बिस्तारै विषाक्त पदार्थ जम्मा हुन थाल्छ । मृगौला रोगबाट पीडित व्यक्तिहरूलाई चाँडै थकान महसुस हुन थाल्छ। साथै, अलिकति हिँड्दा पनि कमजोरी महसुस हुन थाल्छ । मृगाैला रोगले रक्तअल्पता, थकान र कमजोरी निम्त्याउँछ।

अनिद्रा

मृगाैलाले रगतलाई राम्ररी फिल्टर नगर्दा शरीरको फोहोर बाहिर निस्कन सक्दैन । यसले निद्रामा कठिनाइ, मोटोपना र दीर्घकालीन मृगौला रोगको जोखिम बढाउँछ।

सुख्खा र चिलाउने छाला

यदि मृगाैलामा खनिज र पोषक तत्वको कमी भयाे भने त्यसले छाला सुख्खा हुने समस्या देखाउँछ । छाला सुख्खा हुने र चिलाउने समस्या पनि प्रारम्भिक लक्षण हाे ।

बारम्बार पिसाब

कुनै पनि प्रकारको मृगौला रोगकाे प्रारम्भिक लक्षणमा धेरै शाैचालय गइरहनु पनि हाे । धेरै पिसाब लाग्नु मृगौला रोगको संकेत हुन सक्छ।

पिसाबमा रगत

मृगौलाले पिसाब फिल्टर गर्छ। रगतबाट पानी अलग गर्ने काम गर्छ। यस्तो अवस्थामा यदि शौचालयमा रगत आउन थाल्छ भने सावधानी अपनाउनुपर्छ । र, यो मृगौला रोगको प्रारम्भिक लक्षण हुन सक्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट