१७औं वर्षमा प्रवेश गर्‍यो गरिमा विकास बैंक-Sutra News

१७औं वर्षमा प्रवेश गर्‍यो गरिमा विकास बैंक

बिहिबार, ७ मंसिर २०८०

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं वर्ष पूरा गरी १७औं बसन्तमा प्रवेश गरेको छ ।



काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवम् गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

पछिल्लो समयमा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्‍याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर प्रगति गर्न सफल भएको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा एक सय २३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट