के हाे चीनमा देखिएकाे नयाँ महामारी ? किन चिन्तित बन्याे डब्लुएचओ ?-Sutra News

के हाे चीनमा देखिएकाे नयाँ महामारी ? किन चिन्तित बन्याे डब्लुएचओ ?

शनिबार, ९ मंसिर २०८०

शनिबार, ९ मंसिर २०८०

काठमाडाैं । फेरि चीनमा काेराेना महामारी जस्तै नयाँ राेगकाे लहर देखिएकाे छ । मिडिया रिपाेर्टका अनुसार उक्त राेग तिव्र गतिमा बढ्दाे क्रममा छ ।



बताइएअनुसार विशेषगरी साना बालबालिकाहरू यसको बढी सिकार भएका छन् । कोरोना महामारीको तीन वर्षपछि देखिएकाे याे राेगसँगै चीनमा अवस्था निकै अस्तव्यस्त बन्दै गएकाे बताइएकाे छ ।

चीनमा आक्रामकरूपमा बिरामीहरू बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अलर्ट जारी गरेकाे छ । डब्लुएचओले सबै देशलाई सतर्क रहन अपिल गरेकाे छ ।

डब्लुएचओकाे अपिलपछि भारत र युराेपियन केही मुलुकले चिन्ता व्यक्त गरेका छन् ।

के हाे राेग ?

गत नोभेम्बर १३ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक पत्रकार सम्मेलन गर्दै श्वासप्रश्वाससम्बन्धी रोगहरू बढेको बताएकाे थियाे । आयोगले बालबालिकामा निमोनियाकाे लहर चलेकाे बताएकाे थियाे । उसले छिट्टै नियन्त्रणमा लिने पनि बताएकाे थियाे ।

तर, आयोगकाे भनाइ विपरित राेग नियन्त्रण बाहिर जान थालेकाे छ । पछिल्लाे दुइ साताकाे बीचमा सहरका प्रमुख अस्पतालहरू बिरामीले भरिन थालेका छन् । दैनिक एक हजारभन्दा बढी बिरामी अस्पतालकाे आकस्मिक विभागमा भर्ना हुन थालेकाे बताइएकाे छ ।

महामारी आक्रामक बनेसँगै विद्यालयहरूमा बिदाको घोषणा गरिएको छ । अभिभावकहरुलाई थप सतर्कता अपनाउन सचेत गराइएको छ ।

‘रहस्यमय निमोनिया’ भनिएपनि राेग यही हाे भन्ने यकिन स्वास्थ्य विशेषज्ञहरूले गरेका छैनन् । मिडिया रिपाेर्टकाे अनुसार यसका धेरै लक्षण काेराेनासँग मेल खान्छन् तर, याे धेरै कडा प्रकृतिकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट