भारतको प्रविधि महोत्सवमा भागदौड हुँदा चार जनाको मृत्यु-Sutra News

भारतको प्रविधि महोत्सवमा भागदौड हुँदा चार जनाको मृत्यु

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (क्युस्याट)मा आयोजित प्रविधि महोत्सवमा भागदौड हुँदा चार विद्यार्थीको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।



क्याम्पसको खुल्ला कार्यक्रम स्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा उक्त घटना भएको हो । स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा चार विद्यार्थीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि गरेका हुन् ।

स्वास्थ्यमन्त्री जर्जले घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट