काठमाडाैं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हाे ।
बैठकले १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।