सबैभन्दा बढी आयकर तिर्नेमा सम्मानित भयो सिन्धु कन्टेनर-Sutra News

सबैभन्दा बढी आयकर तिर्नेमा सम्मानित भयो सिन्धु कन्टेनर

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं । राष्ट्रिय कर दिवस २०८० को अवसरमा सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ ।



सिन्धुपाल्चोक जिल्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गरेवापत संस्था सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभाव आन्तरिक राजस्व कार्यालय, धुलिखेलले आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिरेवापत सहकारीलाई सम्मान गरेको हो ।

धुलिखेलमा आयोजित कार्यक्रममा राजस्व कार्यालयका कर अधिकृतले सहकारीका सचिव प्रल्हाद थापालाई सम्मान पत्र प्रदान गरेका थिए ।

सहकारीले विशेषतः साना उद्यमी र कृषकलाई आर्थिक उपार्जन गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट