काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि महँगिन थालेको छ । तिहारको अघिल्लो दिन कात्तिक २७ मा प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ पछिल्लो १० कारोबार दिनमा तीन हजार सात सय रुपैयाँले महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार नौ सय रुपैयाँ पुगेको छ । जुन दसैँपछि खुलेको बजारको पहिलो मूल्य हो ।
नेपाली बजारमा सुनको मूल्य चाडवाडको मुखमा घट्ने र चाडवाड सकिएपछि बढ्ने गरेको पाइन्छ । यसअघि दसैँ र तिहारको समयमा पनि यस्तै घटना देखिएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार एकैपटक तोलामा ३५ रुपैयाँले महँगिएको छ । आइतबार चाँदी प्रतितोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यद्यपि पछिल्लो साता भने चाँदीको मूल्य करिब स्थिर थियो ।