हमासको आक्रमणमा मृत्यु भएकी छोरी ५० दिनपछि फर्किंदा…-Sutra News

हमासको आक्रमणमा मृत्यु भएकी छोरी ५० दिनपछि फर्किंदा…

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । हमासले शनिबार राति इजरायलीसहित १७ जना बन्धकलाई रिहाई गरेको छ । यसका लागि ३९ जना प्यालेस्टिनीहरूलाई इजरायली सरकारले जेल मुक्त गराइदिएको थियो ।



इजरायली सेनाले युद्ध विराम सम्झौतअनुसार अदल-बदल गरेको हो । यस क्रममा हमासले १३ जना इजरायलीसहित चार थाइल्याण्डका नागरिकलाई रिहाई गरिदिएको थियो ।

रिहाई भएसँगै दुवैतर्फका परिवारले खुसी मनाएका थिए । हमासले रिहाई गरेकोमध्ये आठ बच्चा र पाँच महिला छन् । जसमा तीन बच्चाको उमेर १० वर्षभन्दा कम रहेका छन् ।

हमासले कैद गरेको पाँच वर्षकी रज आफ्नो तीन वर्षकी बहिनी अवीव सँगै थिए । उनीहरूले शनिबार आफ्नो पितासँग भेट गरेका थिए । उनीहरू ५० दिनपछि आफ्नो पितासँग भेट भएका थिए ।

यस्तै, नौ वर्षकी एमिलीले पनि ५० दिन हमासको कब्जामा रही शनिबार पिता थोमस ह्याण्डसँग भेट्न पाएकी थिइन् । ह्याण्डले आफ्नो छोरी ७ अक्टोबरमा हमासले गरेको हमलामा मृत्यु भएको सोचेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट