नर्सिङको लाइसेन्स परीक्षामा अधिकांश फेल-Sutra News

नर्सिङको लाइसेन्स परीक्षामा अधिकांश फेल

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४ औँ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजाअनुसार ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।



शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ)तर्फको लाइसेन्स परीक्षा लिएको थियो । परिषदका अनुसार पीसीएल नर्सिङमा कूल एक हजार २७० जना सहभागीमध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, बीएस्सी नर्सिङतर्फको लाइसेन्स परीक्षामा कूल ४१४ जना सहभागीमध्ये २०३ जना उत्तीर्ण भएका छन् । शनिबार बिहान ९ देखि ११ः३० बजेसम्म सञ्चालन भएको ३४ औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्‍याङ र बागमती कलेज सुकेधारामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट