दैनिक २५ मिनेट दौडने व्यक्तिलाई मृत्युको जोखिम ३५ प्रतिशत कम-Sutra News

दैनिक २५ मिनेट दौडने व्यक्तिलाई मृत्युको जोखिम ३५ प्रतिशत कम

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । अनुसन्धानकर्ताहरूले आयु बढाउन हिँड्नु भन्दा दौडनु फाइदाजनक हुने बताएको छ । ताइवानका अनुसन्धानकर्ताहरूले चार लाखभन्दा बढी मानिसहरूमा उक्त अनुसन्धान गरेका थिए ।



उनीहरूले दौडने वा तीव्र हिड्नेमा अध्ययन गरेका थिए । उनीहरूले नियमित पाँच मिनेट दौडने मानिसको आयु १५ मिनेटको पैदल यात्रा गरेजस्तै बढेको पत्ता लगाएका थिए ।

अध्ययनका अनुसार नियमित २५ मिनेट दौड वा १०५ मिनेट हिँड्दा आगामी आठ वर्षमा मृत्युको जोखिम लगभग ३५ प्रतिशतले कम हुन्छ ।

यस्तै, सन् २०१४ मा आयोवा स्टेट युनिभर्सिटीका शारीरिक गतिविधि विज्ञानका प्राध्यापक डक-चुल ली र सहकर्मीहरूले गरेको अर्को अध्ययनले नियमित ९ किलोमिटर प्रतिघण्टा वा ढिलो दौडने र बस्ने मानिसको तुलनामा ३० प्रतिशत बढी फिट भएको देखाएको थियो । यी व्यक्तिहरूमा मृत्युको जोखिम पनि अर्को १५ वर्षमा ३० प्रतिशत कम थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट