शेयर बजारमा उत्साह, कारोबार रकम दुई महिना यताकै सर्वाधिक-Sutra News

शेयर बजारमा उत्साह, कारोबार रकम दुई महिना यताकै सर्वाधिक

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काडमाडौं । लामो समयपछि शेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार ४७.७५ अंकले बढ्दै बजार १९०७.९५ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार २.५६ प्रतिशतले बृद्धि भएको छ ।



आइतबार बजार मात्रै बढेन कारोबार रकम पनि दुई महिना यताकै सर्वाधिक भयो । ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब एक करोड १७ लाख रुपैयाँ बढीको भयो । जुन गत असोज ९ यताकै सर्वाधिक बढी हो ।

आइतबार दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाउँदा आठ कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बढे । कारोबारमा आएका २४० कम्पनीमध्ये २१४ कम्पनीको मूल्य बढे ।

आइतबार नेप्सेको जीवन बीमा इन्डेक्समा सर्वाधिक बृद्धि भएको छ । जीवन बीमा क्षेत्रमा ४.४४ प्रतिशतले मूल्य बढ्दा वित्त क्षेत्रमा ३.९१, निर्जीवन बीमा क्षेत्रमा ३.६७, व्यापारमा ३.५८, उत्पादन तथा प्रशोधन क्षेत्रमा ३.१६ र जलविद्युत क्षेत्रमा ३.०६ प्रतिशतले बृद्धि भयो ।

यसैगरी, माइक्रोफाइन्स क्षेत्रमा २.०५ प्रतिशतले मूल्य बढ्दा अन्यमा एक प्रतिशतभन्दा बढी मूल्य बृद्धि रह्यो ।

आइतबार उत्साहपूर्ण देखिएको बजारमा सोना मिनरल्स, रिलायबल लाइफ, नबिल बैंक, सिटिजन लाइफ र आइएमई लाइफ इन्स्यारेन्सको शेयर खरिद–बिक्री उच्च रह्यो । यस दिन सोना मिनरल्सको मात्रै चार लाख कित्ताभन्दा बढी शेयर बिक्री भएको छ ।

लामो समययता बजार सुस्ताएको थियो । आइतबारको बृद्धिसँगै बजारमा पुनः उत्साह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट