काठमाडौं । नेपाली सिनियर क्रिकेट टोलीका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।
योसँगै सिनियर टिमबाट एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका छन् ।
यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनसँगै टोली सन्तुलित हुने दाबी गरे । यू–१९ क्रिकेट टोली ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।
पछिल्लो समय यू–१९ विश्वकप छनोट हुँदा उक्त टोलीको कप्तान तोकिएका थिए । तर, सोही बेला सिनियर टोलीमा परेपछि उनले यू–१९ विश्वकप छनोट खेल्न पाएका थिएनन् ।