यी पाँच लक्षणले देखाउँछ महिलामा मानसिक स्वास्थ्यको अवस्था-Sutra News

यी पाँच लक्षणले देखाउँछ महिलामा मानसिक स्वास्थ्यको अवस्था

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

स्वस्थ जीवनका लागि शरीरका साथसाथै दिमाग पनि स्वस्थ हुनु अति आवश्यक छ । तर आजको व्यस्त जीवनमा हामी अक्सर आफ्नो स्वास्थ्यको ख्याल गर्न असफल हुन्छौं।



विशेषगरी महिलाहरु आफ्नो कार्यालय र घरायसी जिम्मेवारीमा यति तल्लीन हुन्छन् कि उनीहरुले आफ्नो हेरचाह गर्ने मौका नै पाउँदैनन् । धेरै पटक महिलाहरु मानसिक समस्याको सामना गर्छन् तर, उनीहरुलाई थाहा हुँदैन । उनीहरूले शरीरमा हुने कुनै पनि प्रकारको परिवर्तनलाई बेवास्ता गर्छन् ।

यस्तो अवस्थामा हामी तपाईलाई केहही लक्षणहरु बताइरहेका छौं, जसले तपाई मानसिक समस्याबाट ग्रसित हुनुहुन्छ भनेर देखाउँछ ।

कुनै कुरामा ध्यान केन्द्रित नगर्ने

ध्यान केन्द्रित गर्न नसक्ने समस्या सामान्यतयाः मानसिक तनावकाे संकेत हो। जब हाम्रो दिमाग चिन्ता, तनाव वा नकारात्मक विचारहरूले भरिएको हुन्छ, कुनै पनि काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ। यदि काम वा अन्य गतिविधिहरूमा लगातार ध्यान भंग हुने समस्या दिन वा हप्तासम्म रहन्छ भने, यो गम्भीर मनोवैज्ञानिक समस्याको संकेत पनि हुन सक्छ।

बिर्सने बानी

सामान्यतया, हामी सबैलाई कहिलेकाहीँ चीजहरू राखेपछि बिर्सने समस्या हुन्छ। तर यदि यो बानी धेरै पटक हुन थाल्यो भने सावधानी अपनाउनु पर्ने हुन्छ किनकी यो कुनै मनोवैज्ञानिक समस्याको संकेत हुनसक्छ ।

चिकित्साको भाषामा यसलाई ‘शर्ट टर्म मेमोरी लॉस’ भनिन्छ । कतिपय अवस्थामा, यो बढ्दो उमेर वा थकान जस्ता सामान्य कारणहरूले हुन सक्छ, तर कहिलेकाहीँ यो तनाव, डिप्रेसन वा अल्जाइमर जस्ता गम्भीर अवस्थाहरूको संकेत पनि हो।

रातमा अनिद्रा

कहिलेकाहीँ आरामसँग सुत्न नसक्नु गम्भीर समस्याको संकेत हुनसक्छ । जसलाई हल्का रूपमा लिनु हुँदैन। कहिलेकाहीँ अलिकति बेचैनी हुनु वा निन्द्रा गुमाउनु सामान्य कुरा हो तर, हरेक रात निद्रा नलाग्ने समस्या भएमा वा आँखा खोलिसकेपछि फेरि निदाउन नसकेमा यो कमजोर मानसिक स्वास्थ्यको संकेत हो ।

लगातार थकित महसुस

शारीरिक र मानसिक रूपमा सक्रिय रहन ऊर्जावान महसुस गर्न धेरै महत्त्वपूर्ण छ। तर पर्याप्त आराम गरेपछि पनि लगातार थकान रहिरह्यो भने यो मानसिक स्वास्थ्य समस्या हुन सक्छ।

खाने बानीमा परिवर्तन

धेरै खानु वा धेरै कम खानु पनि खराब मानसिक स्वास्थ्यको लक्षण हो । यदि यो तपाईलाई भइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट