इजरायल युद्ध : दुई प्यालेस्टाइनीको हत्यापछि फोहोरमा फालियो-Sutra News

इजरायल युद्ध : दुई प्यालेस्टाइनीको हत्यापछि फोहोरमा फालियो

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०
फाइल तस्बिर

काठमाडौं । युद्धग्रस्त इजरायलमा एक घटनाले मानव अधिकारको हद पार गरेको छ । पश्चिम बैंकमा शुक्रबार राति एक भिडले दुई प्यालेस्टिनीहरूको गोली हानी हत्या गरी बिजुलीको खम्बामा झुण्डाएको थियो ।



टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलमा जासुसी गरेको आरोपमा उनीहरूको हत्या भएको हो । एक प्यालेस्टिनी पत्रकारले टाइम्स अफ इजरायललाई दिएको जानकारीअनुसार भिडले पहिले उनीहरूलाई निर्घात कुटपिट गरेको थियो ।

कुटपिटपछि भिडले गोली हानेर उनीहरूको हत्या गरेको थियो । अहिले सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएको छ ।

रिपोर्ट्सका अनुसार दुई प्यालेस्टाइनीहरूलाई केही इजरायली गुप्तचर व्यक्तिहरूसँग भेट भएको समेत देखिएको थियो । गुप्तचर जानकारी आदानप्रदानको बदलामा उनलाई हजारौं डलर पनि दिइएको आरोप छ ।

यी दुई प्यालेस्टाइनीहरूलाई मारेपछि भिडले खम्बाबाट तल झारेर फोहोरमा फालेको थियो । यो घटनाको समयमा प्यालेस्टिनी अधिकारी त्यहाँ थिए वा थिएनन् भन्ने कुराको पुष्टि हुन बाँकी रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट