उत्तरसँगकाे तनाव बढेका बेला दक्षिण कोरियाका गुप्तचर प्रमुखले किन दिए राजीनामा ?-Sutra News

उत्तरसँगकाे तनाव बढेका बेला दक्षिण कोरियाका गुप्तचर प्रमुखले किन दिए राजीनामा ?

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडाैं । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।



राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गर्नुभएको योन्हापले कुनै विवरण उल्लेख नगरी बताएको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ ।

उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो ।

पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।

योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट