आज वृष र मिथुनको दिन राम्रो, तपाईको दिन कस्तो ?-Sutra News

आज वृष र मिथुनको दिन राम्रो, तपाईको दिन कस्तो ?

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

आज मिति २०८० साल मंसिर ११ गते सोमबार । तदनुसार नोभेम्बर महिनाको २७ तारिख २०२३ । कार्तिक शुक्ल पक्ष पूर्णिमा तिथि । आज बिहान ६ बजेर ३३ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ । आज ग्रु नानक जयन्ती हो । अब सुरु गरौं तपाईको आजको राशीफल ।



मेष

छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मियता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ ।

वृष

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ योग्य काम सम्पादन गर्दै धन आर्जन गर्न सकिने छ । दैनिक काममा फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिने छ ।

मिथुन

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउने छ । तारिफ योग्य कामको चर्चा हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्ने छ ।

कर्कट

चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्ने छ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिने छ ।

सिंह

परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने हुन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुने छन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनु पर्ला ।

कन्या

नयाँ कामको प्रस्ताव आउने छ भने साथ दिनेहरू पनि बढ्ने छन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

तुला

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहने छ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाने छन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ ।

वृश्चिक

धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउने छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला । अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनु होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउने छ ।

धनु

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्न सकिने छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु होला ।

मकर

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुने छन् । उद्योग र व्यापारमा फाइदा उठाउन सकिने छ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने छ । विशेष उपहार हात लाग्ने छ ।

कुम्भ

मिहिनेतले मान सम्मान दिलाउने छ । बोली र विचारका प्रशंसकहरू बढ्ने छन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्ने छ ।

मीन

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट