इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक-Sutra News

इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।



यो अफरअन्तर्गत हरेक तीन जना भाग्यशाली मोबाइल बैकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १/१ थान स्मार्टफोन जित्न सक्नेछन् । यो अफर १० मंसिरदेखि ९ पुससम्म लागु हुनेछ ।

एनआईएमबी स्मार्ट एपमा उपलब्ध कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीन जना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने जनाइएको छ ।

विजेता घोषणाबारेको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआईएमबी स्मार्ट एपमा लग–इन गरी, फन्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस लाई छनोट गर्नुपर्ने हुन्छ ।

मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम भएको बैंकको भनाइ छ । भुक्तानी तथा ट्रान्सफरका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट