काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि हुँदै कीर्तिमानी बनाएको हो ।
आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पाँच सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलामा एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।