हमासले आमाबुबालाई मारिदिए, चार वर्षीय छोरी छाडिदिए-Sutra News

हमासले आमाबुबालाई मारिदिए, चार वर्षीय छोरी छाडिदिए

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०
फाइल तस्बिर

काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको तेस्रो दिन इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । जबकि हमासले १३ इजरायलीलाई रिहा गरेको छ ।



हमासले रिहा गरेको इजरायलीमध्ये ४ वर्षकी अनाथ बालिकासमेत छिन् । उनी एभिगेल एडान हुन् । एभिगेलका आमाबुबा अक्टोबर ७ मा हमासको आक्रमणमा मारिएका थिए ।

एभिगेललाई हमास लडाकुहरूले छिमेकीको घरबाट अपहरण गरेका थिए । आइतबार राति इजरायल फर्किएपछि उनका आमाबुवाको मृत्युसँगै बेसहारा बनेकी छन् ।

अमेरिकी मिडिया हाउस सीएनएनको रिपोर्टअनुसार धेरै कैदीहरूले हमासले उनीहरूलाई भोकै राखेको बताएका छन् । दिनहुँ खाने कुरा दिइएन । जे दियो त्यो पुगेन । उचित खाना नपाउँदा कैयौँ बन्धकको तौल ५ किलोसम्म घटेको छ । यद्यपि, रिहा गरिएका बन्धकहरूमा कुनै चोटपटक नदेखिएको र इजरायलले उनीहरूलाई स्वस्थ घोषित गरेको छ ।

योसँगै इजरायल र हमासबीचको युद्धविरामको दायरा पनि बढ्न सक्छ । यसका लागि अमेरिका, इजिप्ट र कतारले इजरायललाई दबाब दिइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट