ग्लोबल आईएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा-Sutra News

ग्लोबल आईएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा नगर प्रमुख गौरी सिंह रावलले उद्घाटन गरेका थिए ।



नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । योसँगै ग्लोबल आईएमई बैंक देशका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट