काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार दोहोरो अङ्कले घटेको छ ।
सोमबार नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार ८९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।
आज २९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार ४८० पटक खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दमलव ८९ र बैंकिङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।