वृश्चिकको काम बन्ने, तपाईको दिन कस्तो ?-Sutra News

वृश्चिकको काम बन्ने, तपाईको दिन कस्तो ?

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १२ गते मंगलबार । तदनुसार नोभेम्बर २८ तारिख २०२३ । मार्ग कृष्ण पक्ष प्रतिपदा तिथि । आज बिहान ६ बजेर ३४ मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।



मेष

पहिलेको सफलताले थप हौसला जगाउने छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउने छ।

वृष

आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनु होला। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ।

मिथुन

रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि प्रशस्त फाइदा उठाउन सकिने छ।

कर्कट

लगनशीलताले काम बन्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।

सिंह

चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन्। धेरैले कामको तारिफ गर्ने छन्। सामाजिक नेतृत्व अथवा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान प्रतिष्ठा कमाउने बेला छ।

कन्या

गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ।

तुला

सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

वृश्चिक

चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

धनु

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

मकर

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

कुम्भ

दुविधाले निर्णायक मोड लिनेछ। पछिसम्म लाभ हुने काम बन्नेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मीन

तारिफ योग्य कामले राम्रो उपलब्धि दिलाउने छ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट