तातो पानीले नुहाउनु हानिकारक, हुन सक्छ यी रोग-Sutra News

तातो पानीले नुहाउनु हानिकारक, हुन सक्छ यी रोग

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडाैं । जाडोमा धेरैजसो मानिस तातो पानीले नुहाउन रुचाउँछन् । तातो पानीले चिसोबाट बचाउने मात्र होइन, दिनभरको थकान पनि हटाउँछ । तर तातो पानी आँखा र कपालको लागि राम्रो मानिदैन ।



त्यसैगरी, कतिपयलाई तातो पानीले नुहाउँदा एलर्जी पनि हुन्छ । यस्तो अवस्थामा यो एकातिर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने अर्कोतर्फ हानिकारक हुन्छ ।

त्यसो हो भने जाडोमा तातो पानीले नुहाउनु सही हो कि गलत ? जाडोमा नुहाउन कस्तो पानी प्रयोग गर्ने ?

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका एक सहायक प्राध्यापक डा. गोर्डनका अनुसार नुहाउनका लागि पानीको तापक्रम मध्यम अर्थात ३०-४५ डिग्रीको बीचमा हुनुपर्छ । यसको मतलब जाडोमा नुहाउने पानी धेरै चिसो वा धेरै तातो हुनु हुँदैन, तर मनतातो हुनुपर्छ ।

तातो पानीले नुहाएर चिसोबाट बच्न सकिन्छ तर यसका धेरै साइड इफेक्ट छन् । यसबाहेक छालासँग सम्बन्धित कुनै पनि रोग भएका व्यक्तिहरूले तातो पानी प्रयोग गर्नु हुँदैन । यस्ता व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्र तातो पानीले नुहाउनु पर्छ ।

तातो पानीले नियमित नुहाउँदा आँखाको चिल्लोपन कम हुन्छ । जसका कारण आँखा रातो हुने र चिलाउने समस्या हुन थाल्छ । आँखाबाट पानी आउन थाल्छ । जसले आँखा वरिपरि चाउरी पर्न सक्छ ।

हरेक दिन तातो पानीले नुहाउँदा नङ नरम हुन्छ । जसका कारण नङ फुट्न थाल्छन् । तातो पानीले नङबाट प्राकृतिक तेल निकाल्छ । जसले सुक्खापन र कमजोरी निम्त्याउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट