काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि हुँदै नयाँ रेकर्ड बनाएको हो ।
यसअघि सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । मंगलबार तेजाबी सुन एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।