‘सलिको गल्फ प्रतियोगिता’ आयोजना हुने-Sutra News

‘सलिको गल्फ प्रतियोगिता’ आयोजना हुने

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘सलिको गल्फ प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।



दुई दिने उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा खेलाइने छ । प्रतियोगिता मंसिर १५ र १६ गते सञ्चालन हुने जानकारी सलिकोले पत्रकार सम्मेलनको आयोजना गरेर दिएको छ ।

प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको जानकारी रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले दिए । प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता १८ होलमा खेलाइने छ । जुनियर प्रतिस्पर्धा भने नौ होलको हुनेछ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पु¥याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले साहसिक खेलकुदको विकास र विस्तारमा आफ्नो संस्थाले लगानी गर्दै आएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट