चर्चित बन्न बालकले गरे युवकको हत्या, घटनापछि गरे भिडिओ सार्वजनिक-Sutra News

चर्चित बन्न बालकले गरे युवकको हत्या, घटनापछि गरे भिडिओ सार्वजनिक

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । भारतमा यही नोभेम्बर २१ गते भएको एक अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भएको छ ।



भारतको राजधानी दिल्लीको जाफराबादमा १८ वर्षीय युसुफ ३५० रुपैयाँ लिएर घरायसी सामान किन्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् ।

परिवारमा उनको खोजी हुँदै गर्दा राति प्रहरीले युसुफकी आमा रुख्सानालाई फोन गरेर छोराको हत्या भएको जानकारी दिएको थियो ।

केही समयपछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भयो । भिडिओमा १६-१७ वर्षको केटाले युसुफको घाँटीमा अन्धाधुन्द चक्कु प्रहार गरेको देखियो ।

केटाले उसलाई सयभन्दा बढी पटक छुरा हाने । सुरुमा युसुफले प्रतिकार गर्न खोजे । केही समयपछि उनको शरीर चल्न बन्द भयो । छुरा प्रहार गर्ने केटा भागेनन् । उ त्यहीँ नाच्न थाले ।

प्रहरीले उनलाई पक्राउ गरेपछि घटनाबारे थप जानकारी बाहिर आउन थाल्यो । अभियुक्त बालकको हत्या यो पहिलो थिएन । गत वर्ष मार्चमा पनि यस्तै घटना गरेको प्रहरीले जनाएको छ । उनले यी सबै घटना आफू चर्चित हुन गरेको बयान दिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट