लगातार दोस्रो दिन पनि घट्यो नेप्से-Sutra News

लगातार दोस्रो दिन पनि घट्यो नेप्से

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । साताको पहिलो दिन भारी अंकले वृद्धि भएको नेप्से लगातार दोस्रो दिन पनि गिरावट भएको छ ।



नेप्से मंगलबार २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा कायम भएको हो । आज बजारमा ४७ लाख २७ हजार ९०२ कित्ता शेयरको खरिद बिक्री हुँदा एक अर्ब २८ करोड दुई लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, मंदाकिनी हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएका छन ।

यसैबीच, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट