म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा भारत पराजित-Sutra News

म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा भारत पराजित

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि रोमान्चक जित हात पारेको छ ।



पाँच विकेटले विजयी भएको अष्ट्रेलिया पाँचmax खेलको सिरिजमा २(१ ले पछि परेको छ । जितको लागि २२३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियाका मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रनमा अविजित रहे । यो उनको टि२० आई करिअरको चौथो शतक हो । उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् ।

अन्तिम १२ बलमा अष्ट्रेलियालाई ४३ रन आवश्यक थियो । १९ औं ओभरमा अक्षर पटेलले २२ रन खर्चेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितको लागि २१ रन चाहिँएको थियो ।

पहिलो बल प्रसिद्ध कृष्णाले म्याथ्यु वेडलाई चौका दिए । दोस्रो बलमा एक रन दिए । बाँकी चार बलमा १६ रन चाहिँएको थियो । तेस्रो बल ग्लेन म्याक्सवेलले छक्का हानेका थिए । त्यसपछि लगातार तीन चौका हान्दै खेल जिताएका थिए ।

कप्तान म्याथ्यु वेड १६ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे ।

अष्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।

भारतका रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १२३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको यो अन्तरास्ट्रिय करिअरको पहिलो शतक हो ।

तिलक बर्मा २४ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहे । चौथो विकेटका लागि ऋतुराज र तिलकले ५९ बलमा १ सय ४१ रनको अविजित साझेदारी गरेका थिए । भारतले ओपनर यशस्वी जैसवाललाई ६ र इशान किशनलाई शुन्यमा गुमाएको थियो । कप्तान सुर्य कुमार यादव २९ बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट