बैंकमा १८ हजार रुपैयाँ नभए सर्वोत्तमको आईपीओ भर्न नपाइने-Sutra News

बैंकमा १८ हजार रुपैयाँ नभए सर्वोत्तमको आईपीओ भर्न नपाइने

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भर्न कम्तीमा १८ हजार रुपैयाँ आवश्यक पर्ने भएको छ ।



न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने सर्वोत्तम सिमेन्टको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकिएको छ । आईपीओ बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलोपटक खुलाउन लागेको हो ।

यस कम्पनीको आईपीओ भर्नका लागि सर्वसाधारणले आफ्नो बैंक खातामा कम्तीमा १८ हजार ४५ रुपैयाँ राख्नु पर्ने हुन्छ । उक्त रकम बैंक खातामा नभए आवेदन स्वतः रद्द हुनेछ । आईपीओ बाँडफाँटबाट सर्वधारणले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।

बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भएपछि त्यसको १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणलाई सेयर जारी हुन्छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) संस्थागत लगानीकर्तालाई बाँडफाँट गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तोकिएको थियो ।

कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कूल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

यो कम्पनी नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित छ । कम्पनीले दैनिक तीन हजार टन सिमेन्ट र तीन हजार टन क्लिंकर उत्पादन क्षमता रहेको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट