हमासले छाडे थप १२ जना, महिलालाई छाड्दा पुरुष बने बन्धक-Sutra News

हमासले छाडे थप १२ जना, महिलालाई छाड्दा पुरुष बने बन्धक

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०
फाइल तस्बिर

काठमाडौं । इजरायल र हमासबीचको युद्धविरामको पाँचौं दिन हमासले थप १० जना इजरायली र २ थाई बन्धकलाई छाडिदिएको छ । ५३ दिनपछि मंगलबार नाै महिला र एक बालिका इजरायल पुगेका छन् । बदलामा इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो ।



मंगलबार हमासले रिहा गरेका अधिकांश महिलाका पति अझै बन्धकमा छन् । यसबाहेक रिहा गरिएका बालबालिकामध्ये १२ वर्षीय इथान याहलोमीकी आफन्त डेबोरा कोहेनले फ्रान्सेली टिभीलाई भने कि हमासले इजरायली बालबालिकालाई अक्टोबर ७ को हमलासँग सम्बन्धित भिडियोहरू देखाएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार डेबोराले इतान गाजामा मारिएको बताएकी छन् । डेबोराले थप भनिन्, ‘म विश्वास गर्न चाहन्छु कि हमासले बन्धकहरूसँग राम्रो व्यवहार गरेको छ, तर त्यस्तो होइन, कुनै पनि बच्चालाई बन्दीमा रुन पनि स्वतन्त्र थिएन, यदि कसैले रोयो भने हमास लडाकुहरूले गोली हान्न धम्की दिने छन् ।’

इतानसँग इजरायल र फ्रान्सको नागरिकता छ । इतानसँगै हमासले उनकी आमा र दुई बहिनीलाई पनि कब्जामा लिएको थियो । सबै गाजा पुग्नुअघि कैदबाट भागेका थिए । तर इतानन भाग्न सकेन र हमास आतंकवादीहरूले उनलाई गाजामा लगे । उनका बुबा अझै हमासको बन्दीमा छन् । उनलाई पनि अक्टोबर ७ मा गोली लागेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट