काठमाडौं । सुनको मूल्यले लगातार तीन दिनसम्म नयाँ रेकर्ड बनाएको छ । बुधबार १६ सय रुपैयाँले बढ्दै सुनको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको हो ।
सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा बनेको रेकर्ड बुधबारसम्म आइपुग्दा एक लाख एक लाख १९ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुनको मूल्य एक लाख १७ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य एक हजार ५२० रुपैयाँ तोकिएको छ ।