खुलेको एक घण्टा नहुँदै कसरी बन्द भयो नेप्सेको कारोबार ?-Sutra News

खुलेको एक घण्टा नहुँदै कसरी बन्द भयो नेप्सेको कारोबार ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार कारोबार खुलेको केही बेरमै शेयर बजार बन्द भएको छ । प्राविधिक समस्या आएपछि कारोबार सूचारु नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



अहिले स्टक एक्सचेन्जको आधिकारिक साइट नै डाउन छ । बताइएअनुसार विद्युत अवरुद्ध हुँदा सिस्टम डाउन भएको हो ।

सूचना अधिकारी मुरारी पराजुलीका अनुसार प्राविधिक समस्या हल गर्ने प्रयास भइरहेको छ । “विद्युत आपूर्तिमा गडबढी हुँदा सिस्टममा समस्या बन्यो, अहिले हल गर्ने प्रयास भइरहेको छ, छिट्टै सूचारु हुन्छ”, उनले भनेका छन् ।

सामान्य प्राविधिक समस्याले कारोबार नै रोकिएपछि लगानीकर्ता भने आक्रोशित बनेका छन् । अहिले सामाजिक सञ्जालमा स्टक एक्सचेन्जले लापरबाही गरेको भन्दै लगानीकर्ताले आक्रोश पोखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट