सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि जिवितै उद्धार-Sutra News

सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि जिवितै उद्धार

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडाैं । विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्काराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरहरूलाई जिवितै उद्धार गरिएकाे छ । समाचार एजेन्सी एएनआईका अनुसार बुधबार उद्धार गरिएकाे हाे ।



उद्धारपछि सबै मजदुरलाई एम्बुलेन्समार्फत सिधै अस्पताल लगिएकाे जनाइएकाे छ । उनीहरूलाई त्यहाँ चिकित्सकको निगरानीमा राखिनेछ ।

मजदुरहरूकाे उद्धारमा उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन, भारतीय सेना, वायुसेना सहित धेरै संस्थाहरू, अधिकारी र कर्मचारीहरूले उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

दीपावलीको दिन सुरूङमा दुर्घटनामा भएको थियो । त्यतिबेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए।

उनीहरू करिब ७० मिटर भित्र थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट