कामदारले सुरुङमा कसरी बिताए १७ दिन ?-Sutra News

कामदारले सुरुङमा कसरी बिताए १७ दिन ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना मजदुर सबै सकुशल र स्वस्थ भएको समाचारमा जनाइएको छ ।



उनीहरूलाई चिन्यालीसौरको सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सक तथा विज्ञको निगरानीमा राखिएको थियो । सोही स्वास्थ्य केन्द्रमा उनीहरूले आराम गरेका थिए ।

१७ दिनपछि सुरुङबाट निकालिएका कामदारलाई राति अबेर र बिहान सामान्य खाना खुवाइएको थियो । उनीहरूको मानसिक स्वास्थ्यका लागि काउन्सिलिङ भइरहेको छ ।

उत्तरकाशीका सीएमओ आरसीएस पवारले बुधबार बिहान सबै कामदार स्वस्थ रहेको बताएका छन् । उनीहरूलाई दिउँसो एम्स ऋषिकेश लगिने छ ।

सुरुङबाट बाहिर आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नवयुवा इन्जिनियर कम्पनी लिमिटेडका शाबा अहमदसँग कुरा गरेका थिए । यस क्रममा प्रधानमन्त्रीले १७ दिन धेरै लामो भएको बताएका थिए ।

प्रधानमन्त्री मोदीले सुरुङभित्र कामदारहरूले ठूलो हिम्मत देखाएको बताएका थिए । एकअर्काको साहस र धैर्यता कायम राखेको बताउँदै उनले निरन्तर जानकारी लिइरहेको बताए ।

यस क्रममा शाबाले आफूहरू कमजोर हुँदै छौं भन्ने महसुस नभएको बताए । ‘कहिल्यै नर्भस महसुस गरेनौँ, सबै मजदुरहरू फरक-फरक राज्यका थिए, तर हामी दाजुभाइजस्तै बस्यौँ, खाना आउँदा सबै मिलेर खान्थ्यौँ,’ उनले भने ।

यस क्रममा प्रधानमन्त्री मोदीले मैले सुनेको छु कि तपाईं पनि सुरुङमा योग गर्नु हुन्थ्यो ?

प्रधानमन्त्रीको प्रश्नमा शाबाले आफूहरू बिहान योगा गर्ने, खानु र पिउनुबाहेक केही गर्नु नपरेको बताए । उनीले आफूहरू स्वास्थ्य रहन बिहान पैदल यात्रा र योग गर्ने बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट