लगातार घट्दै शेयर बजार, दाेहाेराे अंकले घटेकाे बजारमा सबैजसाे सूचक राताम्ये-Sutra News

लगातार घट्दै शेयर बजार, दाेहाेराे अंकले घटेकाे बजारमा सबैजसाे सूचक राताम्ये

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजार घटेको छ । सोमबारदेखि नै घट्न थालेको बजार बुधबार पनि दोहोरो अंकले घटेको हो ।



बुधबार १७.९३ अंकले घट्दै बजार १८७६.६० को बिन्दुमा झरेको छ ।

यसअघिको दिनमा भन्दा कारोबार रकम पनि यस दिन घट्यो । ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब एक करोड ४१ लाख रुपैयाँ बराबरको भयो । जुन यो साताकै सबैभन्दा न्यून कारोबार हो ।

कारोबारका हिसाबले बुधबार सोनापुर मिनरल्स अग्रस्थानमा रह्यो । दुई लाख नौ हजार तीन सय ६१ कित्ता शेयर किनबेच हुँदा सोनापुरको कारोबार रकम छ करोड २८ लाख रुपैयाँ बराबरको रह्यो ।

बुधबार कारोबारमा आएका २३९ कम्पनीमध्ये ४२ कम्पनीको मात्रै मूल्य बढ्यो भने १९० कम्पनीको मूल्य घट्यो । यसदिन सात कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी उत्पादन र प्रशोधन उपसमूहका लगानीकर्तालाई घाटा भयो । जसको इन्डेक्स २.१३ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट