पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट-Sutra News

पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । यात्रीको उद्दण्ड व्यवहारले जर्मनको म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।



‘विशेष रूपमा पती-पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो,’ स्रोतले बताएको छ ।

दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति-पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन, तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नु पर्यो ।’

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । तर, अज्ञात स्थानका कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण भयो ।

विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट