रुसले इरानलाई सैन्य विमान दिने-Sutra News

रुसले इरानलाई सैन्य विमान दिने

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौं । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।



अर्ध सरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु-३५ लडाकू जेट, मिल एमआई-२८ लडाकू हेलिकप्टर र याक-१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे ।

‘विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ,’ उनले भने ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु-३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट