काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत पारित भएको छ ।
बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत पारित भएको हो । उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।
तत्कालिन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका ल्याएका थिए । गत शनिबार अध्यादेश प्रतिस्थापन विधेयकमार्फत मुख्यमन्त्री केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गरेका थिए ।