काठमाडौं । एनएमबि बैंक लिमिटेडले शेयर धनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश वितरण नगर्ने जनाएको हो ।
बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।