भारतले अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र भएपछि…-Sutra News

भारतले अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र भएपछि…

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं । अमेरिकाले सिख पृथकतावादी नेता र अमेरिकी नागरिकको अमेरिकी भूमिमा हत्या गर्ने षड्यन्त्रको पर्दाफास गरेको दाबी गरेको छ ।



निखिल गुप्ता नामका एक भारतीय नागरिकलाई एक लाख डलर (लगभग ८३ लाख रुपैयाँ) नगदको बदलामा पृथकतावादी नेताको हत्या गर्न भाडामा लिएका हत्यारालाई ठेक्का दिएको आरोप लागेको छ ।

अभियोगअनुसार हत्याको जिम्मा दिइएको हिटम्यान वास्तवमा अमेरिकी गुप्तचर एजेन्सीका गुप्तचर एजेन्ट थिए ।

निखिल गुप्ता अहिले चेक रिपब्लिकको जेलमा छन् । उनीमाथि लागेको आरोपमा उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ ।

निखिल गुप्तालाई भारतीय अधिकारीले निर्देशन दिएको आरोप छ । अभियोगमा भारतीय अधिकारीको नाम छैन ।

अभियोगमा पीडितको नाम छैन, तर भारतीय मिडिया रिपोर्टका अनुसार निशाना वकिल र सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नु थिए । गुरपतवन्त सिंह पन्नु भारतमा ‘आतंकवादी’ घोषित भएका छन् ।

ह्वाइट हाउसले अमेरिकाले यो हत्याको षडयन्त्रको विषय भारतसँग उच्च तहमा उठाएको बताएको छ ।

यसअघि क्यानाडाले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएको थियो । क्यानाडाका यी आरोपपछि भारत र क्यानाडाबीचको सम्बन्ध चिसिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट