के हाे चीनमा फैलिएकाे महामारी ?-Sutra News

के हाे चीनमा फैलिएकाे महामारी ?

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडाैं । चार वर्षअघि चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण बिस्तारै विश्वभर फैलिएको थियो र लाखौं मानिस यसबाट प्रभावित भएका थिए ।



काेभिड-१९ विश्वबाट हराउँदै जाँदा चीनबाट फेरि नयाँ महामारी सुरू भएकाे समाचारहरू सार्वजनिक भएका छन् । बीबीसीले जनाएअनुसार चीनको उत्तरी क्षेत्रमा अनाैठाे निमोनियाको महामारी देखिएकाे छ ।

जनाइएअनुसार चीनको उत्तरी क्षेत्रका अस्पतालहरू निमाेनियाका बिरामीले भरिएका छन् । समाचार रिपाेर्टहरूमा उल्लेख भएअनुसार बिरामी भएकामध्येमा अधिकांश बालबालिका छन् ।

विश्व स्वास्थ्य संगठनका कार्यवाहक निर्देशक मारिया वेनले चीनमा देखिएकाे महामारी के-कस्ताे हाे भन्ने यकिन भइनसकेकाे जनाएका छन् । राेयटर्ससँगकाे कुराकानीमा उनले देखिएकाे महामारी काेभिडकाे स्तरकाे हाे वा हाेइन ? जानकारी दिन माग गरिएकाे जनाए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले देखिएकाे श्वासप्रश्वाससम्बन्धी राेग के हाे यकिन नभएकाे बताएका छन् ।

के हाे चीनमा देखिएकाे महामारी ?

बीबीसीले जनाएअनुसार चीनमा देखिएकाे महामारी सरूवा प्रकृतिकाे छ । सरल भाषामा बुझ्ने हो भने श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू करिब संक्रामक नै हुन्छन् ।

खोक्दा, हाछ्युँ गर्दा, बाेल्दालगायतका माध्यमबाट यसका भाइरस वा ब्याक्टेरिया एक/अर्काेमा सर्छन् ।

यसले घाँटी र श्वासप्रश्वास प्रणालीलाई असर गर्ने गर्छ । जसले गर्दा निमोनिया हुन सक्छ।

निमाेनियाका संक्रमित बालबालिकामा आरएसभि नामक भाइरसकाे संक्रमण देखिएकाे चिकित्सकहरूले बताएका छन् ।

जनाइएअनुसार याे भाइरसले माथिल्लो श्वासप्रश्वास नली, नाक र घाँटीमा असर गर्छ । जसले संक्रमितकाे शरीरमा रुघाखोकी तथा ज्वरोका लक्षणहरू देखिने गर्दछन् ।

बताइअनुसार गर्भवती महिला र उच्च रक्तचाप, मधुमेह आदि रोग लागेका व्यक्तिहरूमा पनि यसले समस्या बनाउँछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट