शेयर बजार दोहोरो अंकले गिरावट-Sutra News

शेयर बजार दोहोरो अंकले गिरावट

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं । शेयर बजार साताको चौथो दिन बिहीबार पनि घटेको छ । आज १८ अंकले बजार घटेको हो । योसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ ।



बिहीबार कारोबार रकम भने बढेर एक अर्ब ३२ करोडमा पुगेको छ । कूल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को शेयर मूल्य घटेको छ ।

आज सबै क्षेत्रका सूचकहरु घटेका छन् । फाइनान्स र होटल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घटेको छ ।

कारोबार भएकामध्ये रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढेको छ । छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ ।

यता, विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्दा खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट