काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार घटेर बन्द भएको छ । १८.०६ अंकले घट्दै बजार १८५८.५३ को बिन्दुमा झरेको छ । बिहीबार मात्रै बजार ०.९६ प्रतिशतले घटेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार उत्साहजनकरुपमा बढेपनि त्यसयता भने बजार निरन्तर ओरालोमै रह्यो । आइतबार ४७.७५ अंकले बढेको बजारमा त्यसयता दैनिकजसो नै दोहोरो अंकले गिरावट आयो ।
सोमबार ११.२३ अंकले घटेको बजारमा मंगलबार २.१७ अंक र बुधबार १७.९३ अंकले गिरावट आएको थियो । समग्रमा साताभर बजार १.३७ अंकले घटेको छ ।
बजार घटेको भएपनि बजारमा कारोबार भने यसअघिका सातामा भन्दा उच्च रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कारोबार रकम सात अर्ब १५ करोडभन्दा बढीको भयो ।
औसतमा दैनिक डेढ अर्ब बराबरको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।